दफा ९४
विक्षिप्त अभियुक्तको मुद्दाको पुर्पक्ष
(१) दफा ९३ बमोजिम हिरासतमा रहेको विक्षिप्त अभियुक्तले आपूमाथि लागेको अभियोग प्रतिवाद गर्न समर्थ छ भन्ने चिकित्सकबाट प्रतिवेदन प्राप्त भएमा वा पागलखाना वा कारागारमा हिरासतमा रहेको विक्षिप्त अभियुक्तले आपूमाथि लागेको अभियोगको प्रतिवाद गर्न सक्छ भनी त्यस्तो पागलखाना वा कारागार प्रमुखले प्रमाणित गरिदिएमा अभियुक्त रहेको क्षेत्रको सेना, चमु, पृतना वा वाहिनीपतिले वा निजको सट्टा अरू कुनै अधिकृतले पहिले लगाइएको अभियोग सोही वा अन्य सैनिक अदालतबाट पुर्पक्ष गराउन आदेश दिन सक्नेछ । यस ऐनबमोजिमका कसुर बाहेक प्रचलित कानुन बमोजिमका अन्य कसुर भए अन्य अदालतबाट पुर्पक्ष गराउन आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जारी भएको आदेश रक्षा मन्त्रालयको जानकारीको लागि पठाउनु पर्नेछ ।